अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका चर्चित खेलाडी विराट कोहलीको प्रेम सम्बन्धले अब विश्राम पाउने अवस्था आएको छ । यसको मुख्य कारणको रुपमा अनुष्का र विराटको बिहेलाई लिइएको छ ।
virat-and-anuska
अनुष्का शर्मा अहिले करिअरको उच्च विन्दुमा छिन् । अनुष्काका फिल्मले एकपछि अर्को सफलता पाइरहेका छन् । यस्तो समयमा बिहे गर्दा उनलाई लाग्छ, करिअरमा धक्का लाग्छ ।

तर, क्रिकेटमा सफलता पाउँदै गएका विराट कोहली भने अनुष्कासँग बिहे गरेर घरजम गर्न चाहन्छन् । अनुष्कालाई उनले बिहेका लागि प्रस्ताव पनि राखेका थिए । तर, अनुष्काले तत्काल बिहे नगर्ने भन्दै विराटको प्रस्तावलाई अस्विकार गरिदिइन् ।

अनुष्काले बिहे प्रस्ताव अस्विकार गरेपछि विराटले यी हिरोइनलाई उनको ट्विटरबाट अनफलो गरिसकेका छन् । करिब एक महिनादेखि बोलचाल समेत बन्द गरेर बसेका यी दुइको सम्बन्ध सकिएको चर्चा सुरु भएको छ ।

For More videos Log on to Mazzako TV