‘च्याम्पिएन’मा क्रिकेटको कथा, यस्तो छ ट्रेलर
फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘च्याम्पिएन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा मुख्य कलाकार दीकपाल कार्की हाबी देखिएका छन् ।

फिल्ममा मोडल मञ्जिता केसी अभिनेत्रीको रुपमा देखिएकी छिन् । क्रिकेटकै लागि संघर्ष गर्ने एक यूवक र उसले भोगेका घटनाक्रम, राजनीतिक खिचातानीमा फिल्म बनेको छ ।
कृष्ण पोखरेलको प्रस्तुतीमा तयार भएको यो फिल्मलाई वीवी फुयाँलले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का उपस्थित थिए ।
उनले फिल्मलाई शुभकामना दिदै नेपाली फिल्मले अब खेलकुदलाई पनि स्थान दिनुपर्ने बताए ।








