भाग्यमानी अक्षय कुमार, जनवरीमै कमाइमा सफल
बलिउडका निर्माता फिल्म रिलिजका लागि लामो बिदा खोज्छन् । अझ, यसमा बलिउडका खानहरु अगाडि छन्, जो फिल्म रिलिज गर्नका लागि बिदा नै खोज्छन् । तर, अभिनेता अक्षय कुमार भने आफ्नो फिल्म जुन महिनामा पनि गरिदिन्छन् ।
अक्षयका फिल्मले सय करोड कमै मात्र कमाउँछन्, तर घाटा भने हुँदैन । बलिउडमा जनवरी महिना फिल्म रिलिज गर्न निर्माता हिचकिचाएको पाइन्छ । कारण, जनवरीमा खासै फिल्म सफल भएका उदाहरण छैन । तर, अभिनेता अक्षय कुमार भने यही महिना फिल्म रिलिज गर्न तम्सिए र सफल पनि भए ।
शुक्रबारबाट चलेको उनको फिल्म ‘एयरलिफ्ट’ले ४ दिनमा ५५ करोडको व्यापार गरिसकेको छ । सोमबार फिल्मको कमाई कमजोर हुन्छ । तर, पहिलो दिन करिब १२ करोड कमाएको यो फिल्मले सोमबार १० करोडको व्यापार गरेको छ । यो फिल्मको माउथ पब्लिसिटी राम्रो भएकाले गर्दा पनि सय करोडको आँकडा छुने अनुमान गरिएको छ ।
सन् १९९० मा इराकले कुवेतमाथि हमला गर्दा त्यहाा थुनिएका करिब १ लाख ७० हजार भारतीयलाई एक व्यक्तिको प्रयासले भारत फर्काइएको कथा यो फिल्ममा छ ।
For More videos Log on to Mazzako TV