अलग भए रणवीर र कट्रिना
बलिउडमा सर्वाधिक चर्चामा रहेको प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफ अन्तत अलग भएका छन् । करिब २ बर्षदेखि प्रेममा रहेको यो जोडी अलग भएको खबर बलिउड मिडियामा चर्चामा छ ।

विल्सन अपार्टमेन्टमा बस्दै आएको यो जोडी अलग भएको पुष्टी यहीबाट नै भएको हो । आफ्नो बाबुआमाको घर छाडेर यो अपार्टमेन्टमा कट्रिनासँग बस्दै आएका रणवीर अहिले यहाँबाट पुन बाबुआमाकै घरमा सरेका छन् ।
कैफ भने आफ्नो नयाँ फिल्म फितुरको प्रमोशनमा व्यस्त छिन् । उनले पनि फिल्मको प्रचार सकेसँगै बस्ने स्थान खोज्ने मिडियाको दाबी छ । छुट्टी मनाउन विदेश पुग्दा समुन्द्री किनारमा विकिनी लगाएर कैफ देखिएकी थिइन् ।
प्रेममा परेपछि दुबैको करिअर पनि ओरालो लागेको छ । प्रेममा परेपछि यस्तै हो, अब लाग्छ कि करिअर उकालो ।
For More videos Log on to Mazzako TV







