आकृती बनिन् ‘मिस क्वीन इन्टरनेश्नल २०१५’
मज्जाको अनलाईन, मंसीर १८ गते शुक्रबार, २०७२, काठमाण्डौं ।
‘मिस क्वीन इन्टरनेश्नल २०१५’ को ताज आकृती चुडालले उचालेकी छिन् । नेक्स्ट इभेन्ट इन्टरनेश्नलले आयोजना गरेको यस ब्युटी कन्टेस्टमा फाईनल राउण्डमा सोधिएको ‘अधिकार र अवसर कुन महत्वुर्ण हो ?’ भन्ने प्रश्नको गतिलो जवाफ दिदै चुडाल बिजेता बनेकी हुन् ।

राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालेमा राज भाई सुवाल, सोनी राजभण्डारी, निलम चन्द र सुरज चिलुवाल जजको रुपमा रहेका थिए । आकृतीले प्रतियोगीताको मिस पर्सनालिटीको अवार्ड पनि उचाल्न सफल भईन् ।

यस कन्टेष्टमा जोत्सना महर्जन फष्र्ट रनरअप, सिमरन कार्की सेकेन्ड रनरअप तथा मिस फोटोजेनिक, सोनिया बर्तौला मिस ट्यालेन्ट, पिंकी सिंह सुवाल मिस ड्रेस, सनुजा डकाल मिस बेष्ट स्माईल, प्रतिमा रिजाल मिस बेष्ट फिगर र रमिला कार्की मिस डिसिप्लेनको विजेता बने ।
प्रतियोगीताले किशोरीहरुको लुकेको प्रतिभा बाहिर प्रष्फुटन गर्न मदत गर्ने भएकाले पनि यस्ता कन्टेष्टहरु आफुहरुले गर्ने गरेको नेक्स्ट इभेन्ट इन्टरनेशनका सिइओ दिवस खनियाँले बताएका छन् ।
For More videos Log on to Mazzako TV







