बालबालिकालाई देखाईयो ‘चकलेट’
मज्जाको अनलाईन, मंसिर ४ गते शुक्रबार, २०७२, काठमाण्डौं ।
अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर स्कूले बालबालिकालाई चलचित्र ‘चकलेट’ देखाईएको छ । सडक बालबालिकाको कथामा तयार पारिएको चलचित्र ‘चकलेट’ हेर्न स्कुले विद्यार्थीहरु आज बिग सिनेमा कमलपोखरी पुगेका थिए ।

लोयल उच्च मा वि र नव जिवन शिशुका तीन सय विद्यार्थीहरुलाई चलचित्र देखाईएको हो । चलचित्र हेरेर बालबालिकाले खुबै इन्जोए गरेको चलचित्र निर्माण युनिटले जानकारी गराएको छ ।

विदेशका विभिन्न ठाँउमा चलचित्रको च्यारिटी शो गरिएको यस चलचित्र नेपालमा भने अब मंसीर१८ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउदैछ । यस चलचित्रको निर्देशन निर्मल शर्मा ‘गैडा’ले गरेका हुन भने चलचित्रलाई पहिलो पटक नायिका पुजना प्रधानले बनाएकी हुन् । नायिका बाट निर्मात्री बनेकी पुजनाका अवाला यो सिनेमामा नम्रता झा, डां आयुष्मान घिमिरे, सुमन गैरे लगायत ९ जना बालबालिकाले पनि अभिनय गरेका छन् । चलचित्रको कथाबस्तु पनि स्वयं नायिका पुजना प्रधानले नै लेखेकी हुन् ।
For More videos Log on to Mazzako TV








