पेट मिची मिची हसाँउदै बागमती सरसफाईमा यसरी खटिदैछन् धुर्मुस (भिडियो हेर्नुस्)
मज्जाको अनलाईन, भदौं २६ गते, शनिवार, २०७२, काठमाण्डौं ।
शनिवारको दिन । सदा झै विहान ७ बजे नै निस्वार्थ भावले स्वस्फुर्त रुपमा भेला भएको समुह । सिमसिमे पानीको प्रवाह नगरी त्यो समुह बागमती सरसफाईमा लागिरहेको छ । त्यहाँ स्कुलका विद्यार्थी पनि छन्, स्थानियवासी छन्, सुरक्षाकर्मी तथा प्रहरीहरु छन्, सरकारी कर्मचारी तथा कलाकारहरु पनि छन् । बागमती सरसफाई महाअभियान अन्तर्गत १२२ औं हप्तादेखि निरन्तर चलिरहेको यो सरसफाई अभियानका अभियन्ताहरु थाकेका छैनन्, बागमतीलाई पहिले जस्तै स्वच्छ सफा र हराभरा बनाएरै छाड्ने लक्ष्य राखिएको छ ।

यो अभियान अन्तर्गत आज बल्खु क्षेत्रमा अभियन्ताहरु सरसफाईमा जुटेका छन् । पछिल्लो समय नमुना बस्ती निर्माण गरेर निकै चर्चामा रहेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पनि विहानै सो क्षेत्रमा उपस्थ्ति भएका थिए । पछिल्ला केही हप्ताहरुदेखि उनी बागमती सरसफाई महाअभियानमा निकै सक्रिय भएर लागेका छन् ।
‘हासौं अनि स्वस्थ्य जीवन बाचौं र स्वच्छ बातावरण बनाउन लागि परौं पनि भन्न चाहान्छु’ धुर्मुसले भने, ‘सबैजना मिलेर यो अभियानमा लाग्ने हो भने चाडै हामी बागमतीलाई हराभरा बनाउन सक्छौं ‘। उनले हसाँउदै सबैलाई बागमती सरसफाईमा जुट्न सन्देश समेत दिएका छन् ।
भिडियो हेरौं केही क्षण हाँसौ, रमाईलो गरौं, अनि बागमती सरसफाई महाअभियानमा साथ दिऔं ।
For More videos Log on to Mazzako TV












