कान्छा निर्देशकलाई बुटवलमा सम्मान
मज्जाको अनलाईन, असार ६ गते, आईतबार, २०७२, काठमाण्डौ ।
संसारकै कान्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम लेखाउन सफल नेपाली तिक्ष्ण क्षमताका बालक सौगात बिष्टको चर्चा यत्र तत्र सर्वत्र छ । उनको प्रसंसनीय कामको तारिफ गर्दै उनलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरिरहेका छन् । विभिन्न ठाँउहरुमा पाएको सम्मान र उत्साहले निकै खुशी देखिएका बालक सौगातलाई भर्खरै बुटवलमा पनि सम्मान गरिएको छ ।
यही असार ३ गते संसारकै कान्छा निर्देशक बिष्टलाई बुटवल वाणिज्य संघले सम्मान गरेको हो । उनलाई प्रोत्साहन स्वरूप यो सम्मान गरिएको बुटवल बाणिज्य संघले जानकारी गराएको छ । आफुलाई बिश्वकै कान्छा निर्देशकको रुपमा प्रमाणित गरेसंगै विभिन्न सम्मान ग्रहण गरि नै रहेका छन् जसले अझै सम्म नै निरन्तरता पाइनै रहेको छ ।
For More videos Log on to Mazzako TV










