हेरौं, सलमानको सेल्फी डायरी, जहाँ उनले खुलेरै मस्ती गरेका छन् । (भिडियो)
मज्जाको अनलाईन, जेठ ३२ गते सोमबार, २०७२ ।
सलमानको नयाँ फिल्म ‘बजरंगी भाईजान’को ‘सेल्फी ले ले रे’ बोलको गीत यतिबेला निकै हिट भईरहेको छ । निकै भब्य तरिकाले सुट गरिएको यस गीतको सुटिङ्गताका पनि निकै रमाईलो भएको थियो । जुन कुरा भर्खरै चलचित्र निर्माण युनिटले सार्वजनिक गरेको गीतको मेकिङ्ग भिडियोमा हेर्न सकिन्छ ।
चलचित्रको यस गीतको सुटिङ्गमा क्यमेरालाई ‘सेल्फी स्टीक’ले नभई डोरीले बाधेर फोटो खिचिएको थियो । त्यस्तै गीतको लाईनहरु याद गर्न सलमानलाई निकै मज्जा लागेको पनि देख्न सकिन्छ । ‘अनस्क्रिन’ मात्रै नभएर ‘अफ स्क्रिन’ पनि सलमानले बाल हनुमानसँग निकै फोटो सेसन गरेका थिए । कोरियोग्राफर रेमो डिसुजाले सलमानलाई कसरी डान्स सिकाएका रहेछन भन्ने कुरा पनि यो डायरीमा हेर्न पाईन्छ ।
फिल्म ‘बजरंगी भाईजान’को ‘मेकर्स डायरी’लाई चलचित्र प्रोमोसनको निकै राम्रो ‘टुल्स’को रुपमा फिल्म युनिटले लिएको छ । यो डायरी हेरेर दर्शकहरुले पनि निकै इन्जोए गर्ने निर्माण युनिटको दावी छ ।
– एजेन्सीको सहयोगमा
For More videos Log on to Mazzako TV








