भुकम्प प्रभावितको सहयोगार्थ युएईमा भब्य कार्यक्रम (फोटो फिचर)
मज्जाको अनलाईन, जेठ ३१ गते, आईतबार ।
भूकम्प प्रभावितको सहयोगार्थ युएइस्थित अबुदावीमा करिब तीन हजार बढी दर्शको उपस्थितीमा भब्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका लागि अबुदावी पुगेका महानायक राजेश हमाल, हाँस्यकलाकार दिपकराज गिरी दिपाश्री निरौला, गायक तिलक बम मल्ल, गायिका आस्था राउत, प्रजिता गेलाल, डिआइडी लिटिल मास्टरकी विजेता तेरिया फौजा मगर लगायतले शुक्रबार आफ्नो जोडदार प्रस्तुती दिएर दर्शकको मन जितेका छन् ।
श्रीमती मधु सहित अबुधावी पुगेका महानायक हमालले कार्यक्रममा कम्मर मर्काए । उनलाई दिपक दिपाले पनि साथ दिए । राष्ट्रिय झण्डासहित नृत्य प्रस्तुत गरेका दिपक दिपाले दर्शकहरुलाई प्रहशन प्रस्तुत गरेर समेत हँसाए । गायिका आस्था राउत, गायिका प्रजिता गेलाल र गायक तिलक बम मल्लले आफ्ना चर्चित गीतहरुबाट दर्शकलाई झुमाए । त्यस्तै तेरियाको नृत्यको त कुरौं नगरौं ।
भूकम्प प्रभावितको सहयोगार्थ आयोजित कार्यक्रममा बिना पारिश्रमीक कलाकारहरु अबुदावी गएर कार्यक्रम गरेका हुन् । कार्यक्रमबाट उठेको रकम भुकम्प पिडितका लागि सिधै प्रधानमन्त्री राहत कोषमा पठाइने युएइमा रहेका रुञ्चे गायक प्रकाश पौडेलले जानकारी दिएका छन् ।
For More videos Log on to Mazzako TV













