भुकम्प पिडितको सहयोगार्थ आफ्नै सिनेमा टिकट काटेर हेरे हाँस्यकलाकारहरुले (फोटो फिचर)
मज्जाको अनलाईन, जेठ १५ गते, शुक्रबार, २०७२, काठमाण्डौं ।
आजबाट पुन: प्रर्दशनमा आएको चलचित्र हो, ‘६ एकान ६’ । करिब डेढ बर्ष अघि सार्वजनिक प्रर्दशनमा आएको यस चलचित्रको पुन: प्रर्दशनबाट आएको सबै पैसा भुकम्प पिडितहरुका लागि जानेछ । चलचित्रको आजको प्रर्दशनमा दर्शकको उपस्थिती सन्तोसजनक भएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । ‘भोलीबाट दर्शकको फ्लो बढ्नेछ भन्ने अपेक्षा लिएका छौ’, चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले यस्तो प्रतिक्रिया दिए ।
साँझ ५ बजेदेखि कुमारी हलमा चलत्रिको बिशेष शो राखिएको थियो, जहाँ चलचित्रका अधिकांश कलाकारहरुको उपस्थिती रहेको थियो । हाँस्यकलाकारहरुको बाहुल्यता रहेको यस चलचित्रको बिशेष शो मा उपस्थित सबैले टिकट काटेर मात्रै चलचित्र हेरे ।
‘मनोरञ्जन सँगै सेवा गर्ने यो अभियानमा सबैजना सहभागी हुनको लागि हामी अनुरोध गर्दछौं’, हातमा टिकट देखाउदै सिताराम कट्टेल धुर्मुसले भने, ‘समय छ, हल चर्केको छैन्, सकुशल छ भने एक चोटी सबैले ६ एकान ६ हेरौं, भुकम्प पिडितका लागि सहयोग गरौं ।’
कार्यक्रममा चलचित्रकी नायिका निता ढुंगाना र निर्देशक दिनेश डिसीको भने उपस्थिती देखिएन ।
For More videos Log on to Mazzako TV



















