होटलमा यौन शोषण परेको भन्दै नायिकाले गुहारिन प्रहरी
मज्जाको अनलाइन, बैशाख ४, शुक्रवार २०७२, काठमाडौं ।
बलिउडकी टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
फतहसागरको किनारामा बनेको होटल र्याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।
उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।
प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।
ए। -एजेन्सी








