‘झोला’को नयाँ ट्रेलर सार्वजनिक (भिडियो)
मज्जाको अनलाइन, बैशाख २, बुधवार २०७२, काठमाडौं ।
बैसाख ११ बाट पुनः रिलिजको तयारीमा रहेको चलचित्र ‘झोला’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा चलचित्रमा समावेश केहि दृश्य तथा छायाँकनको दौरानका केहि दृश्यहरु समावेश छन् ।
‘सार्क फिल्म फेस्टिभल-२०१४’मा उत्कृष्ट नायिकाको अवार्ड पाएको यादव कुमार भट्टराई निर्देशित यो चलचित्र दर्शकको अत्याधिक मागपछी पुनः रिलिज गर्न लागेको निर्माण टिमले बताएको छ ।
साहित्यकार कृष्ण धाराबासीको ऐतिहासिक कृतिमा आधारित चलचित्र ‘झोला’ले सय बर्ष पुरानो नेपाली समाजको सति प्रथाको कथा बोल्छ ।
चलचित्रमा नायिका गरिमा पन्त सतिको भुमिकामा छिन भने दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको अभिनय छ ।
उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ । चलचित्रलाई पुनः रिलिज मा बितरणका साथ एफडी कम्पनिले दिएको छ ।
ट्रेलर हेरौं :








