सुन्दरी देखिन कस्मेटिक सर्जरी गर्नेहरु
मज्जाको अनलाइन, चैत्र ३० सोमवार २०७१, काठमाडौं ।
बलिउड अभिनेत्रीहरूमाथि राम्रो देखिन के मात्र गदैनन्, कस्मेटिक सर्जरीदेखि विभिन्न किसिमका उपायहरू अपनाउने गछंन् । बलिउड चलचित्र उद्योगमा यस्ता कोही पनि नायिका बचेका छैनन् जसले राम्री देखिनको लागि सहारा नलिएको होस् ।
ऐश्वर्या रायदेखि प्रिती जिन्टासम्म यो सूचीमा पर्छन् । बलिउडका नायिकाहरू ओठको शल्यक्रिया गरेर निकै भयानक परिणाम भोग्नुपरेको छ । यो सूचीमा राखी सावन्त पनि पर्दछ उहाँ बलिउडको पहिलो नायिकाको सूचीमा पर्छन जसले थुप्रैपटक प्लास्टिक सर्जरी गरेका छन ।
स्तनको साथसाथै राखी सावन्तले ओठको शल्यक्रिया पनि गरेी छिन । सन् २००० मा मिस वल्र्डको उपाधिसमेत जितीसकेकी नायिका गायक प्रियंका चोपडाले ओठको मात्र नभएर नाकको सर्जरी पनि गरेकी छिन ।
यस्तै ज्याकलिन फर्नान्डिज पनि ओठको शल्यक्रिया गरेकी छिन रणवीर कपुरसँग डेब्यु गरेपश्चात् नरगिस फाखरीले पनि ओठको शल्यक्रिया गरेकी छिन । यसैगरी ओठ शल्यक्रिया गर्ने नायिकामा मलाइका अरोडा खान, कट्रिना कैफ, इशा देओल, अनुष्का शर्मा समेत पर्छन ।- एजेन्सी
For More videos Log on to Mazzako TV







