किन ‘नर्भस’ भए शाहरुख खान ?
मज्जाको अनलाइन, चैत्र २६, बिहिवार, २०७१, मुम्बई।
भारतमा उत्सवको रुपमा लिइने आइपिएलको बुधबार कोलकत्तास्थित इडेन गार्डेनमा ठुलो तामझामका साथ शुरु भयो ।
खेलको शुरुवातिमै कोलकत्ता नाइट राइडर्स र मुम्बई इन्डियनकोयी टोलीबीच खेल भयो । यी दुई टोलीबीचको खेल भईरहदा कोलकत्ताका मालिक शाहरुख खान भने निकै निरास देखिए।
कान्छो छोरा अबरामसँगै रंगशाला पुगेका शाहरुख उनको पहिलो खेल भएको भन्दै टिमले दिने नतीजाप्रति नर्भस भएका थिए।शाहरुखले ट्विटमा लेखे, ‘अबरामको यो पहिलो खेल हो। खेललाई लिएर म नर्भस भएको छु।’ उनी आफ्नै तीनै सन्तानसँगै टोलीको हौसला बढाउन इडेन गार्डेन पुगेका थिए।
मुम्बई इन्डियनविरुद्ध सुखद नतीजा आएसँगै शाहरुखले आफ्नो कान्छो छोरा अबरामलाई काखी च्यापेर मैदानभरि हिँडडुल गरेका थिए।- एजेन्सी








