‘चंखे शंखे पंखे’ ले के के गरे ? (भिडियो हेरौं )
मज्जाको अनलाईन, चैत्र २० गते, शुक्रबार, २०७१, काठमाण्डौं ।
बिग बजेटको सिनेमा ‘चंखे शंखे पंखे’ले पहिलो प्रोमो सार्वजनिक गरेको छ । विहिबार राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सुर्दशन थापाको टिमले ‘चंखे शंखे पंखे’को ट्रेलर रिलिज सँगै थप दुई प्रोजेक्ट निर्माणको घोषणा पनि गरेको छ ।

पब्लिसिटी बाहेक फिल्म निर्माणमा मात्र १ करोड १० लाख लगानी लागेको ‘चंखे शंखे पंखे’ आउँदो जेठ १ गते रिलिज हुदैछ । ‘चंखे शंखे पंखे’ रिलिज भएको ठीक दुई महिना पश्चात फ्लोरमा जानेगरी ‘प्रेम गीत’ नामक अर्को करोड बजेटको फिल्म निर्माण हुने बताईएको छ । त्यस्तै, फिल्मकी मुख्य हिरोइन पूजा शर्माले पनि निर्माता सन्तोष सेनसंग मिलेर ‘मीरा’ नामको चलचित्र निर्माण गर्ने घोषणा समेत गरिएको छ ।

चलचित्र ‘मीरा’मा भने पुजा विशुद्ध निर्माता मात्र रहनेछिन्, हिरोईन भने अरु कसैलाई लिने कुरा भईरहेको स्वयं पुजाले बताएकी छिन् । चलचित्र ‘मीरा’लाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

बन्न लागेको सिनेमा ‘प्रेम गीत’मा लभर गर्लको भुमिकामा देखा पर्न लागेकी पुजालाई ‘चंखे शंखे पंखे’मा भने टेलिभिजन रिपोर्टरको रुपमा देख्न पाईनेछ । चलचित्रमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी र पुजा शर्माको कमेडी सँगै राष्ट्रियताको कथा पनि देखाउन खोजिएको निर्देशक सुर्दशन बताउछन् । यता निर्माता सेन पनि निर्देशकले राम्रो फिल्म बनाईदिएको भन्दै निकै खुशी देखिए ।
‘चंखे शंखे पंखे’को ट्रेलर यस्तो छ ।
For More videos Log on to Mazzako TV








