आर्यनको ‘आवेग’माथी सुर्दर्शनको ‘चंखे’ हावी
मज्जाको अनलाईन, चैत्र १ गते, २०७१, काठमाण्डौं ।
बक्स अफिश पत्रिकाको आयोजनामा भएको फुटबल म्याचमा २-१ गोल अन्तरले हराउँदै सुर्दशन थापाको टिमले ‘आवेग’को टिममाथी बिजय प्राप्त गरेको छ । आर्यन सिग्देलको मुख्य भुमिका रहेको चलचित्र ‘आवेग’को टिमलाई ‘चंखे शंखे पंखे’ टिमले हराईदिएको हो ।
आर्यन र सुर्दशन कुनै समयका निकै मिल्ने साथी हुन्, यतिबेला उनीहरुको सम्बन्ध पहिलेको जस्तो छैन । सबैले सोचेका थिए फुटबल मैदानमा जम्काभेट हुदाँ आर्यन र सुर्दशन के गर्लान ? तर फुटवलको मैदानमा भने यी दुईको जम्काभेट हुन भने पाएन । खुट्टाको शल्यक्रिया गरिएको कारण आर्यन मैदानमा उत्रिन नसक्दा आर्यनका निर्देशक बसन्त निरौला अभिनेत्री पवित्रा आचार्य, संगीतकार टंक बुढाथोकी सहित प्राविधिक टिमले गेम खेलेको थियो ।
यस्तै ‘चंखे’को टिमबाट निर्देशक एवं अभिनेता सुर्दशन थापा, हिरोइन पूजा शर्मा, कलाकार प्रेम पुरी, निर्माता सन्तोष सेन सहित अन्य प्राविधिकहरु थिए । ‘आवेग’ र ‘चंखे शंखे पंखे’ आउँने बर्ष रिलिज हुने फिल्महरु हुन् ।
For More videos Log on to Mazzako TV











