मज्जाको अनलाईन, फागुन २६ गते, २०७१, काठमाण्डौं ।

बलिउडका ‘किंग खान’ अर्थात शाहरुख खान दोस्रो पटक नेपाल आए । आफ्नै निजी बिमान चढेर फागुन २५ गते काठमाण्डौं ल्याण्ड गरेका खानले करिब १५ बर्ष पहिले पनि नेपालमा पाईला टेकेका थिए । उनको यो दोस्रो नेपाल भ्रमण कान्साई न्यारोल्याक पेन्ट्सले आयोजना गरेको थियो ।

Shahrukh Khan 1
न्यारोल्याकको सिसारहित रंगको प्रयोग अभियान यू क्यानको नेपाल अभियानको उद्घाटनको क्रममा नेपाल आएका शाहरुकले सोमबार साँझ हायात होटलमा पत्रकार सम्मेलनमा आफ्नो बारेमा बोलेका छन् । करिब पाँच मिनेट जति पत्रकारहरुसँग साक्षात्कार गरेका शाहरुखले भने ‘अहिले त मेरो आमा बुबा हुनुहुन्न । तर म पनि मिडल क्लासकै मान्छे थिए । मेरो आमाबुबाले दिएको शिक्षा र त्यसपछि मैले गरेको संघर्ष र मिहेनतका कारण नै म आज यहाँ सम्म आइपुगेको छु’, हिन्दी भाषामा शहरुख भन्दै थिए, ‘त्यसैले तपाईहरु पनि आफ्नो सन्तानलाई पढाउन र सिकाउन कहिल्यै पछाडी नपर्नुस् ।’

Shahrukh Khan 2
पत्रकार सम्मेलनमा शाहरुखलाई जम्मा दुई वटा मात्रै प्रश्न सोध्ने अवसर थियो । तपाईले चाहेको तर अहिलेसम्म पुरा नभएको त्यस्तो केही छ रु भन्ने एक प्रश्नमा शाहरुखको जवाफ थियो, ‘किङ त्यो हुन्छ जसले सधै आफ्नो भन्दा अरुको लागि सेवा गर्छ त्यसैले म सधै अरुको सेवामा समर्पित हुन रुचाउँछु चाहे त्यो अभिनयकै माध्यमबाट किन नहोस् ।

Shahrukh Khan 4
बलिउडका किंग खानका लागि आयोजकका तर्फबाट याक एण्ड यति होटलमा रात्री भोजको आयोजना पनि गरिएको थियो । सांस्कृतिक कार्यक्रम सहितको रात्री भोजमा नेपाली नायिका प्रियंका कार्कीले शाहरुख अभिनित गीतहरुमा बेजोडको नृत्य प्रस्तुत गरेकी थिईन ।

Shahrukh Khan 5

शाहरुख खानले नेपाल आएर के भने?  हेरौं भिडियो ।

 

 

For More videos Log on to Mazzako TV