शाहरुख खान आज नेपाल आउदैं
मज्जाको अनलाईन, फागुन २५ गते, सोमबार, २०७१, काठमाण्डौं ।
बलिउडका चर्चित नायक साहरुख खान आज नेपाल आउदैंछन् । ‘किंग खान’ शाहरुखलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपाल ल्याउन लागेको हो । पेन्ट्सले आयोजना गरेको कार्यक्रममा शाहरुक सहित नेपाली नायिका प्रियंका कार्कीले पनि आफ्नो प्रस्तुती दिने बताईएको छ । शाहरुख न्यारोल्याक पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् ।
पुर्व निर्धारित कार्यक्रम अनुसार शाहरुक हिजो नै नेपाल आउने कार्यक्रम भएता पनि त्रिभुवन विमानस्थलमा भएको एयर ट्राफिक जामका कारण शाहरुक आज मात्रै नेपाल आउन लागेका हुन् । बताईए अनुसार बिशेष सुरक्षा ब्यवस्था सहित शाहरुक आफ्नै निजी जेटबाट नेपाल आउदैछन् । दिउसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै होटल हायतमा हुने प्रेस मिटमा शाहरुख सहभागी हुने कान्साई न्यारोल्यकका कन्ट्री म्यानेजर सत्य प्रकासले जानकारी गराएका छन् ।
यो बर्ष बलिउडका धेरै कलाकारहरुले नेपालको भ्रमण गरिसकेका छन् । आमिर खान, अक्षय कुमार, सन्नी लियोनी, रविना टन्डन, अनुपम खेर, कमेडिन कपिल शर्मा, जितेन्द्र लगायत कलाकारहरुले यही बर्ष नेपालको बिशेष भ्रमण गरेका थिए ।
For More videos Log on to Mazzako TV