मज्जाको अनलाईन, फागुन १९ गते मंगलबार, २०७१, काठमाण्डौं ।

बायोपिक सिनेमा ‘भीमदत्त’ यही फागुन २२ गतेबाट अलनेपाल प्रर्दशनमा आउने भएको छ । चलचित्रको बारेमा जानकारी गराउन सोमबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो । जहाँ, चलचित्रको रिलिज डेटको जानकारी गराईयो भने चलचित्रका अन्य विभिन्न पक्षहरुको बारेमा पनि बक्ताहरुले बोलेका थिए ।

चलचित्रको बारेमा बताउदै चलचित्रका निर्माता तथा कलाकार नवल खड्काले ‘भिमदत्त’ नेपाली पाराको सिनेमा भएको बताए । ‘सहिद भीमदत्तको जीवनीमाथी फिल्म बनाउनु हाम्रो लागि चुनौती थियो ‘, उनले भने, ‘तर विभिन्न ठाँउमा गरिएको च्यारिटीबाट भने हामीले विषयबस्तु माथी न्याय गरेका छौ भन्ने लागेको छ ‘।

Bhim dutta for Mazzakoonline

चलचित्रको प्रेसमिटमा नायिकाद्वय निशा अधिकारी र सुमिना घिमिरे भने अनुपस्थित थिए । चलचित्रका निर्देशक हिमग्याप टासीलेपनि चलचित्रमा निकै मेहनत गरिएको सुनाए । ‘तर चलचित्रक्षेत्रमा अहिले देखिएको उदासिनताले भने दुखी बनाएको छ’, उनले भने ‘यस्तै अवस्था रहिरहने हो भने नेपालीच चलचित्र उद्योग नै नरहन पनि सक्छ, जुन हामी सबैको लागि दुर्भाग्यको कुरा हो’ ।

चलचित्रको टोली भर्खरै फिल्मको पब्लिसिटीका लागि देश दौडाहा गरेर राजधानी फर्किएको हो । मोफसलको भ्रमणबाट नेपाली चलचित्रको बजारलाई लिएर निराशाजनक प्रतिक्रियाहरु प्राप्त भएको चलचित्रको निर्माण युनिटले जानकारी गराएको छ ।

डढेलधुराका किसान युवा नेता भीमदत्त पन्तको राजनीतिक एवं पारिवारिक घट्नाक्रममा आधारित रहेर बनाईएको बायोपिक सिनेमा ‘भीमदत्त’मा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे, रमेश बुढाथोकी, श्रीराम पुडासैनी, कविता शर्मा लगायतको अभिनय हेर्न पाईन्छ ।

For More videos Log on to Mazzako TV