मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागुन ०४–

निर्माता हरि पराजुलीको पहिलो निर्देशकिय फिल्म ‘परिणाम’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।

भारतको दार्जिलिङ, सिक्किम र सिलिगुढीमा फिल्मको ७० प्रतिशत छायांकन सकिएको र अब बाँकी काठमाण्डौंमा गरिने निर्देशक पराजुलीले जानकारी दिए । ‘अब फिल्मको दुई गीत र केही क्लाईमेक्स सिन खिच्न बाँकी छ’, उनले भने– ‘अब सात दिनभित्र छायांकन सकेर पोष्ट प्रोडक्सनमा जाने तयारीमा छौं ।’ त्रिकोणात्मक प्रेम कथा रहेको यो फिल्ममा अभिनेता मुकेश ढकाल, नायिकाद्धय झरना रिसार र सारिका घिमिरेको मुख्य अभिनय रहेको छ ।

Jharana 5

कलेजमा अध्ययनरत टिनेजर्स विद्यार्थी त्यसमा पनि धनी र गरिब बिचको समस्यालाई उजागर गरेर यो फिल्म बनेको समेत निर्देशक पराजुलीले बताए । ‘यो फिल्म नारीप्रधान छ’, पराजुलीले भने– ‘यसमा नारीले हिंसा सहनुहुँदैन र प्रतिकार गर्नुपर्छ भन्ने सन्देश समेत दिन्छ ।’ फिल्मलाई जेठमा रिलिज गर्ने लक्ष्य राखिएको समेत उनले बताए ।

‘परिणाम’ राखिनुअघि यो फिल्मको नाम ‘सुनामी’ राखिएको थियो । पछि ‘परिणाम’ नै उपयुत्त हुने भएपछि नाम परिवर्तन गरिएको समेत निर्माता समेत रहेका पराजुलीले जनाए । पराजुलीलले यसअघि नेपाली पिल्म ‘प्रेमपथ’, ‘पहिरो’, ‘बिछोड’ र भोजपुरी फिल्म ‘साथीत्व प्यारमे’ र बंगाली फिल्म ‘यहि तो भालोवासा’ निर्माण गरेका थिए ।

fillm Parinam Poster

कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको ‘परिणाम’ मा द्वन्द्व निर्देशन एनबी महर्जनको छ । छायँकन शिव ढकालले गर्ने छन् भने नृत्य प्रिया पराजुलीको छ । नाम नै परिणाम रहेको यो फिल्मको प्रदशर्नपछि कस्तो परिणाम आउने, त्यो भने हेर्न बाँकी छ ।

Jharana Risal

For More videos Log on to Mazzako TV