मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ १०–

भारतीय अभिनेता रितेश देशमुखले सेक्स कमेडी फिल्ममा अभिनय गर्ने भएका छन् । बाबु बनेलगत्तै उनले अबदेखि यस्ता फिल्म नखेल्ने घोषणा गरेका थिए । तर, अहिले आएर उनले आफ्नो बोली फेरेका छन् ।

ritesh

रितेशका सेक्स कमेडी फिल्म नै सफल छन् । खासगरी, उनी ग्रान्ड मस्ती फिल्मका कारण आलोचित भएका थिए । त्यसअघिको मस्ती, नो इन्ट्रीलगायत फिल्ममा पनि उनले दोहोरो अर्थ लाग्ने हाउभाउ र संवादयुक्त भूमिका निर्वाह गरेका थिए । उनी अब मस्ती–३ मा अभिनय गर्ने तयारीमा छन् । निर्देशक इन्द्रकुमारले रितेशलाई मस्ती र ग्रान्ड मस्तीपछि निर्माण गर्न लागेको मस्ती–३ मा अनुबन्धित गरेका छन् ।

नेपालको सेन्सरले नेपालमा प्रदर्शन गर्न रोक लगाएको ‘ग्रान्ड मस्ती’ हिट फिल्म हो । सय करोडमा सामेल भएको उक्त फिल्मको सिक्वेल अझ हिट हुने विश्वासका साथ रितेशले आफ्नो घोषणा उल्ट्याएका हुन् । (एजेन्सीको सहयोगमा)

For More videos Log on to Mazzako TV