सुवास थापा भन्छन्– ‘आर्यन सिग्देल एक्टिङ होइन, क्यारिकेचर गर्छन्’
मज्जाको अनलाईन् समाचार, काठमाण्डौं, मंसिर २५–
आफ्नो अभिनय क्षमताका कारण पछिल्लो समय व्यस्त बनेका अभिनेता सुवास थापाले नायक आर्यन सिग्देलको अभिनयलाई क्यारिकेचरको संज्ञा दिएका छन् ।
प्रसंग हो बुधबार फिल्म ‘तथास्तु’ को शुटिङ भइरहेको समयको । शुटिङस्थलमा भेटिएका उनीसंग हामीले तपाईलाई मनपर्ने नायक को हो ? भनेर सोधेका थियौ । उनको जवाफ थियो– सरोज खनाल ।
अनि अहिलेका चल्तीका नायक आर्यन सिग्देल नि ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ फर्काए– ‘आर्यन सिग्देलले कहाँ एक्टिङ गर्छन र ?उनले त क्यारिकेचर गर्छन नि’ सुवासले भने ,’हातमा सलमानको जस्तो ब्रासलेट लाउँछन्, त्यस्तै एक्सन गर्छन्, शाहरुखको जस्तो अभिनय गर्छन् अनी यसलाई क्यारिकेचर नभनेर के भन्ने ?’
तपाई यस्तो भन्नुहुन्छ तर अवार्डमा त आर्यन नै उत्कृष्ट छन् नि ? भन्ने प्रश्नमा उनले भने– ‘अवार्ड त जीवन लुईटेलले पनि पाएका छन्, यो त जसले नि पाउन सक्छ, अवार्डमा होइन् दर्शकमाझ हिट हुनुपर्छ । ’ ‘मैले अहिलेसम्म एउटै अवार्ड पाएको छैन्, यसको मतलब म अभिनय गर्न जान्दिन भन्ने हो र ?’, उनको प्रश्न थियो ।
आखिर किन सुवासले आर्यनप्रति यस्तो प्रतिक्रिया दिए । सलमान र शाहरुखको अभिनयलाई आर्यनले कपि गर्न खोज्छन् भन्ने कुरा केहीहद सम्म साँचो भएपनि सुवासले यस्तो प्रतिक्रिया दिनुलाई तपाई के भन्नुहुन्छ । सुवासको घमण्ड या आर्यनको कमजोरी ?
For More videos Log on to Mazzako TV








