प्रहरी : शाहरुख खान सहित दुई निर्देशक अन्डरवर्ल्ड डनको निशानामा
मज्जाको अनलाईन समाचार, भारत, मंसिर ०३–
बलिउडका सुपरस्टार शाहरुख खानलाई अन्डरवर्ल्ड डन रवि पुजारीले मार्न खोजिरहेको रहस्य बाहिर आएको छ । मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको डन पुजारीका १३ जना गुण्डाहरु समुहको बयानवाट यस्तो रहस्य खुलेको हो ।
प्रहरीलाई उनीहरुले दिएको बयान अनुसार बलिउडका चर्चित निर्देशक महेश भट्ट र फराह खान पनि डन पुजारीको निशानामा रहेका छन् । पटकपटक फिरौती माग्दा पनि नदिएपछि उनीहरु निशानामा परेको बताइएको छ ।
प्रहरी श्रोतका अनुसार पक्राउ परेका १३ जना गुण्डाहरुको समुहले गत अगष्टमा निर्माता करिम मोरानीको घरमा आक्रमणको प्रयास गरेको थियो । तर प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
गुण्डाहरुको बयान अनुसार मोरानीको घरमा आक्रमण गरेपश्चान डन पुजारीले उनीहरुलाई शाहरुख र फराहको घरतर्फ निगरानी गर्न लगाएका थिए ।
त्यस्तै निर्देशक भट्टको गतिविधिलाई पुजारीले केही समयदेखि नै हेरिरहेको बताइएको छ ।
For More videos Log on to Mazzako TV