निशाको पत्रकार थर्काउने व्यवहार कहिल्यै सुध्रिएन । फेरी त्यस्तै हर्कत ! (भिडियो)
मज्जाको अनलाईन समाचार, काठमाण्डौ–
दुई वर्षअघि फोटो खिचेको बहानामा रंग पत्रकार अनुप भट्टराईमाथि दुव्र्यवहार गरेकी नायिका निशा अधिकारीले आफ्नो व्यवहार अझै सुधारेकी छैनन् ।

कुरा हो स्वर्गीय निर्देशक आलोक नेम्वाङको अन्तिम दाहसंस्कारको । जँहा गौशालास्थित आर्यघाटमा आलोकको अन्तिम दाहसंस्कार हुने क्रम चलिरहेको थियो । त्यतीनै बेला आलोककी दिदी आइपुगिन् र निकै बिलौना गर्न थालिन् । आलोकका भिनाजु विजय लामा, नायिका प्रियंका कार्की, पुजा शर्मा लगायतले उनलाई सम्हाल्न खोजिरहेका थिए । नायिका निशा अधिकारी पनि त्यती नै बेला उनलाई सम्हाल्न आइपुगिन् ।
आलोकले नेपाली चलचित्र उद्योगमा पु¥याएको योगदानको कदर गर्दैै संचारकर्मीहरुले पनि उच्च प्राथमिकताका साथ खबर सम्प्रेशन गरिरहेका थिए । त्यस्तै आलोककी दिदीले बिलौना गरिरहेको दृश्य पनि संचारकर्मीहरुले कैद गरिरहेका थिए । एकजना होनाहार निर्देशक गुमाउँदाको पिडा आम मानिसमा पु¥याउनु संचारकर्मीको धर्म नै थियो । तर नायिका निशालाई त्यसरी संचारकर्मीले कैद गरिरहेको पटक्कै मन परेनछ । दुईवर्ष अघि जसरी उनले संचारकर्मीमाथि धावा बोलेकी थिइन् त्यस्तै हर्कत उनले दाहसंस्कार हुँदै गर्दा पनि देखाइन् ।
उनले फोटो खिचिरहेका संचारकर्मीलाई अर्डर गर्दै ‘नखिच्नु, नखिच्नु’ भनेर थर्काउन खोजिन् । त्यस्तो दुःखद घडीमा संचारकर्मीले कुनै प्रतिक्रिया त जनाएनन् ।
तर अचम्मको कुरा त के थियो भने निशासंगै रहेकी नायिका प्रियंका, पुजा लगायत संयमित रहिरहँदा निशाले त्यो संयमता गुमाइन् । मिडियामा नै काम गर्दै आएकी निशाले यस्तो व्यवहार दोहोर्याउनु कत्तिको जायज थियो । त्यो उनले नै सोच्नुपर्ने कुरा हो ।
सबै संयमित हुँदा निशाले नै किन सधै पत्रकारले थर्काउने । उनको यो बानी कहिल्यै नसुध्रिने हो त ?
मिडियालाई फोटो नखिच्नु भनेर थर्काउदै गरेको दृश्यसहित टिभी फिल्मीले तयार पारेको रिपोर्टको भिडियो हेर्नुहोस् :-
For More videos Log on to Mazzako TV








