छुट्टी मनाउन फ्रान्स, जहाँ हुनेछ रनविर कटरिनाको रोमान्स
बलिउडमा रनविर कपुर र कटरिना कैफको प्रेम सम्बन्ध झनै मजबुत बन्दै गईरहेको छ । लामो समय देखी गहिरो प्रेम सम्बन्धमा रहेको यो जोडीको, उनिहरुका बिभिन्न खाले कृयाकलापले गर्दा मिडीयामा खुबै चर्चामा हुने गरेका छन् ।

थोरै फुर्सदको समय मिल्ना साथ होलिडे मनाउन निक्ली हाल्ने यो जोडी फेरी पनि आउट अफ इन्डीया होलिडे मनाउन जाने खबरहरु भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । यसभन्दा पहिले स्पेन र श्रीलकांको होलिडे ट्रिपमा खुब रोमान्स गरेको यो जोडी अब भने छुट्टी मनाउन फ्रान्स जान लागेको बताईएको छ ।

भर्खरै मात्र लंन्डनमा फिल्म ‘फैटम’को सुटिङ्घ सिद्दयाएकी कटरिना अहिले रनविर लाई पर्खीरहेकी छिन् । रनविर भने इम्तियाज अलीको ‘तमासा’मा दिपिका पादुकोण संग अनस्क्रीन रोमान्स गरिरहेका छन् । सुटिङ्घ सकिने बितिकै दुबै जना (रनविर र कटरिना) छुट्टी मनाउन फ्रान्स तर्फ हानिनेछन् । तर छुट्टी कती दिनको हुनेछ भनेर अहिल्यै केही भन्न सक्ने स्थिति छैन ।
ल हेनुस् गएको होलिडेमा सार्वजनिक भएका रनविर र कटरिना का फोटोहरु











