‘छवि श्याम दोस्ती’ छैन शंका, आउदैछ दोस्रो लंका
नायिका रेखा थापासँग विभिन्न कारणहरुले गर्दा मनमुटाव भई चलचित्र ‘हिम्मतवाली’मा काम गर्दागर्दै बीचैबाट निक्लिएका श्याम भट्टराईलाई रेखा पूर्वपति छवि ओझाले पुन चलचित्र निर्देशनको जिम्मेवारी दिएका छन् । छविले चलचित्र ‘लंका’को सिक्वेल बनाउने भएका छन्, जुन चलचित्रको लागि उनले श्यामलाई निर्देशकको रुपमा लिएका छन् ।

तिहार पछि फ्लोर ज्वाईन गर्ने ‘लंका २’ मा नायिकाको रुपमा शिल्पा पोखरेल रहने सम्भावना प्रबल रहेको बुझिएको छ । छविका लगातार दुई चलचित्रमा नायिका बनेकी शिल्पा पोखरेल नै ‘लंका २’की नायिका बन्ने संभावना देखिएको छ । शिल्पालाई आँफैले चलचित्रमा डेब्यू गराएका छविले ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा शिल्पालाई नायिका बनाएका छन् । यि दुवै चलचित्र रिलिज भएका छैनन् । ‘लज्जा’ कात्तिक ७ देखि र ‘हवल्दार सुन्तली’ चैत्र २८ मा प्रदर्शन हुदैछ ।
चलचित्र ‘लंका २’ नारी प्रधान चलचित्र बन्ने बताईएको छ । अब हेर्न बाँकी छ रेखा बिनाको लंका कस्तो बन्ने हो ?
For More videos Log on to Mazzako TV







