पोष्टर जलाईयो शाहरुख खानको, प्रर्दशनकारी भन्छन् ‘कुरो हो आत्मसम्मानको’

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बने भने आफुले भारत छोड्ने भनेर ट्वीट गरेका शाहरुकले आफ्नो वाचा पुरा नगरेको भन्दै हिन्दु सेनाका कार्यकर्ताहरुले आक्रोश पोखिरहेका छन् । शाहरुकको ट्वीटमा लेखिएको थियो कि यदि मोदी प्रधानमन्त्री बने भने सिर्फ ट्वीटर मात्रै होईन उनले हमेशाको लागि भारत छाडिदिनेछन् ।


अब भारतमा मोदी प्रधानमन्त्री बन्ने तय भईसकेको छ, यसैबीचमा हिन्दु सेना र ट्वीटबाट रिसाएकाहरु शाहरुखलाई विदेश पठाउनुपर्ने माग राख्दै विरोध प्रर्दशन गर्दैछन् ।

शुक्रबार दिल्लीको जन्तर–मन्तरमा हिन्दु सेना र अन्य प्रर्दशनकारीले शाहरुख खानको पोष्टर जलाएका छन् । प्रर्दशनकारीहरुका अनुसार शाहरुखले ट्वीटमा लेखेझै उनी देश छोडेर विदेशमा गएर बसून् ।

सिने जगतकै अर्का कलाकार कमाल खानले पनि मोदी प्रधानमन्त्री भएमा देख छोडेर जाने बताएका थिए । उनले पनि ट्वीटरमा यदि मोदी प्रधानमन्त्री भएमा आफु देख छोडेर जाने भनेर ट्वीट गरेका थिए । उनले आफ्नो बाचा पुरा गर्दै १७ मे मा भारत छोडिदिएका छन् ।











