लभर बोइको छबि बनाएका आर्यन सिग्देल अब ग्याँग्सटर हुने भएका छन् ।आइतबार देखि फ्लोरमा गएको चलचित्रको शुभमुहर्त त्यहि दिन पोखराको बिन्दबासिनी मन्दिरमा गरिएको थियो।प्राय स्क्रिप्ट हेरेर मात्र सिनेमा खेल्ने आर्यनले भने ‘मलाई ‘नाइके ‘को स्क्रिप्ट मन परेको हुनाले मैले खेल्ने निधो गरेको हु,फिल्म राम्रो बन्छ भन्ने राम्रो अपेक्षा राखेको छु ’।
शुभमुहुर्तमा आर्यन सिग्देल,रेम बिक,बोधराज रेग्मीले सट दिएका थिए।करिब ५० लाखमा तयार हुने चलचित्र ब्ल्याक स्याडो प्रोडक्सनले निर्माण गर्ने भएको छ ।पोखराको रमणीय स्थलमा खिचिने चलचित्रमा आर्यनक अलवा सारिका केसी ,बिकाश बास्तोला रहने भएका छन् ।संगीत पक्ष तारा प्रकाश ,रमण गायकको रहने भएको छ नेत्र गुरुङको निर्देशन तथा छायाकार अर्जुन तिवारी को छायांकन रहने भएको छ।
स्मरण रहोस आर्यनले निर्माण गरेको चलचित्र ‘नोवेम्बर रेन’ यहि चैत्र २८ गते अल नेपाल रिलिज हुँदै छ ।

For More videos Log on to Mazzako TV