तक्मे बुढाको पारिश्रमिक १६ लाख !
मेरी बास्सैका तक्मे बुढा अर्थात विल्सन विक्रम राईले एउटै फिल्मबाट १६ लाख रुपैया लिने भएका छन् । चलचित्रको नाम छ ‘तक्मे बुढा लास्ट इन लण्डन’। यही चलत्रिबाट उनले पारिश्रमिक स्वरुप सो रकम लिन लागेका हुन् ।
चलचित्र ‘तक्मे बुढा लस्ट इन लन्डन’को छायांकन बेलायतमा गरिनेछ । चलचित्रमा विल्सन दोहोरो भुमिकामा देखा पर्नेछन् । चलचित्रको निर्देशन निरक पौडेलले गर्दैछन् भने चलचित्रमा लगानी निर केदेनले गर्नेछन् ।
एउटा फिल्म खेले वापत कुनै पनि नेपाली कलाकारले हालसम्म पाएको यो नै उच्च पारिश्रमिक रकम हो । चलचित्र ‘तक्मे बुढा लास्ट इन लन्डन’को लागि विल्सनलाई हाम्रो पनि शुभकामना ।
For More videos Log on to Mazzako TV