एकसाथ प्रदर्शनमा आएका दुई सिनेमा ‘राम प्यारी’ र ‘नाई नभन्नू ल ४’ को पहिलो दिनको ब्यापारिक रिपोर्ट मज्जाको अनलाईनलाई प्राप्त भएको छ । दुबै चलचित्रले पहिलो दिनमा सोचेभन्दा धेरै राम्रो दर्शकको पाएका छन् । राजधानीका अधिकांश हलहरुमा ‘राम प्यारी’को विजनश ‘नाई नभन्नू ल ४’ को भन्दा राम्रो देखिएको छ ।

Rekha Thapa and Bikash Acharya

प्रर्दशनको पहिलो दिन अर्थात शुक्रबार ‘राम प्यारी’ र ‘नाई नभन्नू ल ४’ ले काठमाण्डौं र काठमाण्डौं आसपासका मुख्य हलमा गरेको कलेक्सन यस्तो छ :-

गोपिकृष्ण हल, चावाहिल
राम प्यारी :- २ लाख ३६ हजार
नाई नभन्नू ल ४ :- २ लाख १२ हजार

अष्ट नारायण हल, बालाजु
राम प्यारी :- १ लाख ९० हजार
नाई नभन्नू ल ४ :- १ लाख ३५ हजार

कलंकी हल, कलंकी
राम प्यारी :- ५७ हजार
नाई नभन्नू ल ४ :- ३१ हजार

पुष्पाञ्जली, जडीबुटी
राम प्यारी :- ५६ हजार

गुण सिनेमा हल, ग्वार्को
राम प्यारी :- ६३ हजार
नाई नभन्नू ल ४ :- ८२ हजार

बाराही
राम प्यारी :- २३ हजार
नाई नभन्नू ल ४ :-३२ हजार

गंगा
राम प्यारी :- ६६ हजार
नाई नभन्नू ल ४ :- २८ हजार

मोफसल र अन्य हलको व्यापारिक रिपोर्ट हामीलाई प्राप्त भएको छैन । मोफसलका एकल पर्दामा ‘राम प्यारी’ आक्रमक हुँदा पोखरामा भने ‘नाई नभन्नू ल ४’ को ब्यापार रामप्यारी भन्दा माथि छ ।

Paul Shah

सविर श्रेष्ठ निर्देशित फिल्म ‘राम प्यारी’मा रेखासँगै सविन श्रेष्ठ, आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ भने नाई नभन्नू ल ४ मा प्रियंका कार्की, पल शाह, अनुभव रेग्मी, वर्षा राउत र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV