नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्। उनीहरुमा हातमा कुनै सीप नभएपछि थोरै पैसामा पनि काम गर्न बाध्य परेका छन्। यस्तो कार्य रोक्नका लागि वैदेशिक रोजगारबाट फर्किएका दुई दिदीबहिनीले महिलाको सशक्तिकरणमा जोड दिने उदेश्यले दक्ष भाषा, सीपसँगै आत्मविश्वासमा जोड दिँदै सयौँ महिलाको सवलीकरणमा जोड दिएका छन्।

पुजा गुरुङ र जस्मिन श्रेष्ठले विदेश जानेका लागि जापुरा कम्पनी नामक कम्पनीबाट विभिन्न सीप दिदै आएका छन्। जुन कम्पनीले १० बर्से यात्रा पूरा गरिसकेको छ। यस कम्पनीको संस्थापक जस्मिन श्रेष्ठ हुन्। उनीहरुले लामो समयसँगै विदेशमा काम गरेर फर्किएपछि १० वर्षअघि जापुरा कम्पनी काठमाडौंमा खोलेका हुन्।

उनले भनिन्,‘जापरा भनेको ह्युमन रिसोर्स सम्बन्धीको कम्पनी हो। यस कम्पनीले स्किल वर्करकहरु उत्पादन गर्ने हो। जहाँ जाँदा (विदेश या स्वदेश)पनि विना स्किलको मान्छे चाहीँ केहि पनि गर्न सक्दैन। त्यसका लागि हामीले नेपाली दाजुभाई तथा दिदी बहिनीहरुका लागि सीप सिकाउन लागि खोजेका हौँ।’

उनले विदेशमा रहँदा धेरै नेपालीहरुले सीप नसिक्दा पाएको दुख सुनाईन्। त्यसका लागि उनीहरुका लागि सानो हेल्प हुने उदेश्यले कम्पनी खोलेको बताईन्।उनका अनुसार सानो पुँजीबाट सुरु भएको कम्पनी अहिले धेरै महिलाहरूका लागि भरपर्दो काउन्सिलिङ लिने ठाउँ बनेको छ। साथै विदेशका जुन सुकै देश अर्थात साइप्रसलगायतका श्रम गन्तव्य देशहरू जान रुचाउने महिलालाई सुरक्षित र मर्यादित कामका लागि यस कम्पनी भरपर्दो भएको श्रेष्ठको दाबी छ।
आर्थिक जटिलतालगायत पारिवारिक समस्यामा परेकालाई नेपालमै पनि रोजगार दिने बताइन उनले संचालन गरेका छ वटा एक्टिभ कम्पनी हरुमा कुनै न कुनै कम्पनीमा रोजगार दिने बताइन् । ‘कोही घर चलाउनै समस्या छ भने हामी होस्टेलमा राखेर आफैँ भाषा पढाइ दिन्छौँ । ‘हामी आफैँले आर्थिक जटिलता झेलेर यहाँसम्म आएको हुँदा प्राथमिकता पैसालाई होइन, समस्याको समाधानलाई राखेका छौँ।’

जापुरा ब्रान्डबाट अंग्रेजी भाषा सिकाएपछि हाउस किपिङ सम्बन्धीको तालिम दिने गरेको गुरुङले बताईन। उनले भनिन्,‘अंग्रेजी भाषा जानेपछि हाउस किपिङ सम्बन्धीको तालिम दिन्छौँ। होटलमा जाँदै हुनुुहन्छ भने यहीँ मार्फत ट्रनिङ दिन पठाएर दक्ष बनाउँछौँ। जापुराका श्रेष्ठ र गुरुङले शिक्षा, ह्युमन रिसोर्स, हस्पिटालिटी र गीत संगीत चलचित्र क्षेत्रमा समेत लगानी गर्दै आएका छन्।

For More videos Log on to Mazzako TV