चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को टिजर सार्वजनिक
आर्या इन्टरटेन्मेन्ट प्रा.लि.ले निर्माण गरेको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो। टिजरमा परदेशिन लागेका छोराप्रति आमाबुवाको माया, चिन्ता र पीडालाई देखाइएको छ। अभिनेता पल शाहलाई सिरानीमाथि पासपोर्ट राखेर बसेको देखिन्छ भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि छोराको बिदाइको चिन्दोमिन्डोमा जाग्राम बसेका छन्। टिजरले नै दर्शकलाई भावुक बनाउने संकेत दिएको छ।फिल्ममा परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ, जसलाई निर्देशक चन्द्र पन्तले भावनात्मक रुपमा उतारेका छन्।

आगामी माघ १६ गते प्रदर्शनमा आउने फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा सहित सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित विश्वकर्मा, अंशु महर्जन, बेगम नेपाली लगायत कलाकारको अभिनय छ। बालकलाकारमा समाइरा थापा र शान अधिकारी छन्।फिल्मको कथा–पटकथा निर्देशक पन्तकै रहेको छ भने संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले लेखेका हुन्।
छायांकन नवराज उप्रेती, कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखडा, गीत संगीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनार रहेका छन्।लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना सहितको टिमले गरेको छ।कार्यालय निर्माता करण सिंह रसाइली हुन्।फिल्मको वितरण आर आर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले गर्नेछन्।








