ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५ सम्पन्न भएको छ | यस वर्षको गायिका नित्याशिवा विजेतामा बनेकी छिन्, । उनले चलचित्र ‘फिदा’ को लोकप्रिय गीत ‘मुटुमै हान्यो मायाले’ बाट सर्वश्रेष्ठ गायिकाको अवार्ड हात पार्न सफल भइन्। यस वर्षको अवार्डको प्रमुख आकर्षण नै यो गीत बन्न गएको थियो। नेपाली कथानक चलचित्र ‘फिदा’ लाई शंकर अधिकारी घायलले लेखन/निर्देशन गरेका हुन्।


उनीकै लेखनमा बनेको गीतमा बाबुल गिरीको संगीत रहेको छ, जसलाई नित्याशिवाको आवाजले अझ उठाइसकेको दर्शकहरूको प्रतिक्रिया छ।ओप्सना फिल्म्स तथा म्युजिक अवार्डको दोस्रो संस्करण नेपाल चलचित्र विकास बोर्डमा ६ गते,
वरिष्ठ कलाकार हरिहर शर्माको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको थियो।

कार्यक्रममा कलाकार, संगीतकार, निर्देशक, प्राविधिक, चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
नित्याशिवाले अवार्ड हात पारेपछि भनिन् “यो गीत मनदेखि गाएर दर्शक–श्रोताको मायाले यहाँसम्म आएको हो। यो अवार्ड मेरो मात्र होइन, ‘फिदा’ टिम सबैको हो।”ओप्सना फिल्म्स तथा म्युजिक अवार्डले यस वर्ष पनि नेपाली संगीत र चलचित्र क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानित गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको छ।

For More videos Log on to Mazzako TV