फाइनल चरणमा ‘जेम्सन बार टेन्डर सिरिज २०२५’
देशभरका प्रतिभाशाली बार टेन्डरहरूको सिर्जनात्मक तथा कौशल कलालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने लक्ष्यका साथ सञ्चालनमा आएको ‘जेम्सन बार टेन्डर सिरिज २०२५’ अन्तिम चरणमा प्रवेश गरेको छ । देशभरबाट छनोट भएका सयबढि प्रतिस्पर्धिहरूबाट अन्तिम ६ फाइनलिस्ट तय भएसँगै सिरिजको यो सिजन समापन उन्मूख भएको हो ।

यो बार टेन्डर सिरिज केवल प्रतिस्पर्धा मात्र नभई देशभरका उत्कृष्ट बार टेन्डरहरूको प्रतिभा, कथाको प्रस्तुतिकरण र ककटेल सिर्जनाका नयाँ प्रयोगहरूलाई प्रस्तुत गर्ने प्रमुख मञ्च बनेको आयोजक नेपा इभेन्ट्सले जनाएको छ ।
गत सोमबार थापाथलीमा आयोजित ‘मिट दि जज सेसन’ पश्चात यतिबेला सिरिजमा कोचिङसँगै अन्तिम तयारीमा चलिरहेको छ । नेपालको मिक्सोलोजी क्षेत्रमा नयाँ उचाइ दिने उद्देश्यका साथ सञ्चालित सिरिजमा फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त निर्णायकहरूले कोचिङ गरिरहेका छन् ।
बार टेन्डर समाज भारतका अध्यक्ष अर्चित सिंघल,चर्चित मोक्सोलोजिस्ट उज्जल कृष्ण जोशी, नेपाल बार टेन्डर समाजका सहायक संस्थापक तथा मिक्सोलोजी विशेषज्ञ सन्तोष डेविड फैइलाको मूल्यांकन ज्ञाताबाट अन्तिम प्रतिस्पर्धि तय भएका थिए । यहि नोभेम्बर २२ शनिबार ठमेलमा यो सिरिजको सेमिफाइनल र ग्राण्ड फिनाले तय भएको आयोजकले बताएको छ । सिरिजका विजेताले ‘पेर्नोड रिकार्ड दुबई’को पूर्ण प्रायोजित भ्रमण र नगद एक लाख प्राप्त गर्नेछन् ।
आतिथ्य र इभेन्ट व्यवस्थापनमा नयाँ मापदण्ड सेट गर्दै आएको नेपाल इभेन्ट्सले यसअघिका वर्षहरूमा पाटन म्युजिक फेस्ट, पाटन फेस्ट जस्ता इभेन्ट गर्दै आएको छ भने आगामी डिसेम्बर ३१ मा काठमाडौंमा ‘न्यू इयर म्युजिक फेस्ट’ आयोजना गर्दैछ ।
For More videos Log on to Mazzako TV







