नेपाली संगीत क्षेत्रमा अझै नयाँपन ल्याउने प्रयास गर्दै गायक तथा सर्जक माधब सुनुवार ले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। ‘दुइ दिनको जिन्दगी’ बोलको यस गीतमा स्वर उनलाई साथ दिएकी छिन् लोकप्रिय गायिका रचना रिमाल ले।

गीतका शब्द तथा संगीत स्वयं गायक सुनुवारकै सिर्जना हुन् भने एरेन्ज दिपक काउछा मगर को छ। गीतलाई नरेश बिबिसी ले मिक्सिङ गरेका छन्, जसले गीतलाई अझै सुमधुर र आकर्षक बनाएको छ।आर आर कलेजमा अध्ययनरत माधब गाउन र अभिनयमा सधैं उत्साहित हुने कलाकार मानिन्छन्। यसअघि केही चर्चित गीतमा मोडलिङ गरिसकेका उनी अब भने आफ्नो स्वरमै नयाँ यात्रा सुरु गरेका छन्।

गीतको छायांकन कृष्ण पान्डे ले गरेका छन्। भिडियोमा गायक माधब सुनुवार स्वयं र गायिका रचना रिमाल नै फिचर्ड छन्, जसले गीतलाई अझै जीवन्तता दिएको छ।यो गीत माधब सुनुवारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतमा रहेको सरल शब्द, मिठो धुन र रचना–माधबको ताजा जोडीले दर्शक–श्रोतालाई छिट्टै आकर्षित गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV