गायक तथा संगीतकार यश कुमारले नयाँ गीत ‘हल्का हल्का’ सार्वजनिक गरेका छन्। सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गीतलाई म्युजिकल सिनेमाको रुपमा तयार गरिएको हो। सार्वजनिक कार्यक्रममा वरिष्ठ निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनले यश कुमारको काम गर्ने शैलीले आफू प्रभावित भएको बताए। साथै, लामो समयपछि नेपाली सिनेमामा निर्देशनमार्फत पुनः कमब्याक गर्ने तयारीमा रहेको भन्दै, यस कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाए। गायिका स्मिता दार्जिलिङको कालिङपोङबाट काठमाडौं आएर गायन क्षेत्रमा जमेको देख्दा खुशी लागेको र उनको भविष्य उज्जवल रहेको पनि उनले उल्लेख गरे।

गीतमा शब्द तथा संगीत स्वयं यश कुमारकै रहेको छ भने एरेञ्ज र मिक्सिङ देवेस राईले गरेका छन्। भिडियोमा यश कुमार र स्मितासँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ।

भिडियोको निर्देशन पनि यश कुमारले गरेका हुन्। चर्चित डिओपी हरि हुँमागाईको छायांकन, विकास धमालाको सम्पादन तथा कलर र तुलसा लिम्बुको मेकअप रहेको भिडियो यश कुमारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

For More videos Log on to Mazzako TV