लोकप्रिय कलाकार पूजा ठाकुरको लोभलाग्दो नृत्य र भावपूर्ण अभिनय सहितको नयाँ तीज गीत ‘आयो तिजको महिना’ सार्वजनिक भएको छ। देशी फिल्म्सको प्रस्तुति रहेको यो गीतमा उनले देखाएको तीजको सजावट, शालीन हाउभाउ र संस्कृतिमय प्रस्तुतिले दर्शकको मन जितिरहेको छ।

गीतमा स्वर दिएको छ अनु चौधरीले, शब्द लेखेका छन् डीपी खनालले र संगीत भरेका छन् तारा प्रकाश लिम्बूले। संगीत संयोजन सविन लिम्बू, मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरी र भिडियो निर्देशन शान थापाको रहेको छ। नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने छायांकन अर्जुन तिवारीको छ।

‘भगवान शिवको महिमा र तीजको धार्मिक महत्त्वलाई मुख्य विषय बनाइएको यस गीतमा पूजा ठाकुर एक्लै प्रमुख कलाकारका रूपमा देखिएकी छन्। उनीमाथि खिचिएका दृश्यहरू, रङ संयोजन, तथा सांस्कृतिक पोशाकले गीतलाई अझै आकर्षक बनाएको छ। देशी फिल्म्स अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतले छोटो समयमै दर्शकको प्रशंसा बटुल्दै तीजको माहोललाई झन् उल्लासमय बनाएको छ।

मोडल पूजा ठाकुरले देशी फिल्म्सको युट्युब च्यानलमार्फत आफ्नो नयाँ सुरुवातको घोषणा गरेकी छन्। नयाँ जोश र जाँगरका साथ उनले आफ्नै कम्पनी स्थापना गर्दै म्युजिक भिडियो निर्माण तथा कलाकारीतामा सक्रिय योगदान दिने बताएकी छन्। पूजा अनुसार, यो कदमले नेपाली संगीत र कलाक्षेत्रमा नयाँ ऊर्जा भर्नेछ।

For More videos Log on to Mazzako TV