‘नरसिंहाः अवतार’ पहिलो सातामै दुई करोड बढी ग्रस कमाई
महानायक राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ले शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फिल्मले पहिलो सातामा दुई करोड चार लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्ममा राजेश हमालको उपस्थितिले दर्शकबीच विशेष उत्साह पैदा गरेको देखिएको छ। काठमाडौं उपत्यकाका प्रमुख सिनेमा हलमा साक्षात्कार गरेपछि हमाल अहिले देश दौडाहामा छन्। पूर्वी नेपालको यात्रा सकाएर उनी हाल पश्चिम नेपालका दर्शकहरूसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।

फिल्मको प्रमोसनका लागि हमालसँगै अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई र वितरक छविराज ओझालगायत टोली पनि साथमा छन्। निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको यस फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकारलगायतको अभिनय रहेको छ। क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको फिल्ममा दर्शकको उत्साह दोस्रो सातामा पनि निरन्तर रहेको उपत्यका वितरक करण श्रेष्ठले बताएका छन्। राजेश हमालको प्रभावशाली कमब्याक र फिल्मको विषयवस्तुले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको छ।
For More videos Log on to Mazzako TV