‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को धमाकेदार सांगीतिक प्रस्तुति दिएको छ ।


विराटचोकमा संचालन भैरहेको  ‘विराट एक्स्पो’को पाचौ दिन लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले करिब २ घण्टा सम्म आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरन्जन गराएको हो  ।  


करिब दश हजार भन्दा बढी दर्शकमाझ राति ९ बजे सुरु भएको कार्यक्रममा ‘‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको  ब्याण्डले ११ बजे सम्म ननस्टप दर्शकको हुटिंग खादै आफुलाई निरन्तरता दिएको थियो ।बज्राचार्य उपस्थित कन्सर्ट हेर्न सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट अधिकांश युवा युवती भेला भएका थिए । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

For More videos Log on to Mazzako TV