पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘वाचा’ बोलको उक्त गीतमा अनुसँगै गायक अजित घिसिङ तामाङको स्वर रहेको छ । अजितकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा मोडल विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन् ।

रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतमा विजय र अनिमाको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । विशाल थापाको छायांकन, नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोलाई विभाेर पाेखरेलले निर्देशन गरेका छन् ।

For More videos Log on to Mazzako TV