फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको ‘किन न बोलेकी’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।समिप इन्टरटेण्मेनले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा राजु ज्ञाबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप शैलीमा तयार पारिएको गीतमा समिर थापाको स्वर सुन्न सकिन्छ ।

छायांकन मिलन शंकरको छायाकंन रहेको भिडियोलाई नकुल खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशक रोहन नेपाली हुन् । त्रिकोणात्मक प्रेमकथा बोकेको यस गीतको छायांकन पोखराको आसपासमा गरिएको छ ।

मगर समुदायको सँस्कृति युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई आफ्नो कथामा उतार्न पाउदा आफु खुशी रहेको बताउँदै गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुनेमा आशाबादी रहेको निर्देशक रोहन नेपालीले बताए ।

For More videos Log on to Mazzako TV