गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए ।

कन्सर्टमा यशले ‘म कहिले हाँसेको थिएँ’…, ‘तिम्रो मन बदलिएछ’…, ‘बिरानो यो मन्दिरमा’…, ‘हिजो अर्कैसँग देखेँ’…, ‘म आफ्नै इनार बनाउँछु’…, ‘तिमीलाई कुनै पल’…लगायत आफ्नो चर्चित गीतहरु गाएर दर्शक झुमाउने कार्यक्रम छ । कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ । त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन् ।

For More videos Log on to Mazzako TV