गायिका मेलिना राई र गायक राजेश राईको  स्वर रहेको ‘वनमारा’ बोलको गीतको भिडियो रिलिज  गरिएको  छ । दुर्लभ जन्तरेको शब्द, शङ्कर थापा स्माइलको सङ्गीत, उदय राज पौडेलको एरेन्ज तथा अशोक मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो डान्सिङ शैलीमा तयार पारिएको छ । 

भिडियोमा हाँस्यकलाकार सुलेमान शङ्कर इकु, भिमफेदी गाइज र स्मारिका ढकालको अभिनय रहेको छ । मायालुलाई फकाउन प्रेमीले देखाउने अनेक आशालाई निर्देशक निर्मल कुमार लामाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

 

भिडियोको छायाङ्कन , सम्पादन र कलरिङ पवन सुसलिङले गरेका हुन् । गायक राजेशले यसअघि पिर लाग्छ, ताडियो तोडियो, जिउन गाह्रो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

For More videos Log on to Mazzako TV