‘मंगोलियन हर्ट’ अष्ट्रेलियाका ८ शहरमा गुन्जिदै
१० बर्षपछि नेपालको चर्चित सांगीतीक समूह ‘मंगोलियन हर्ट’ ले अष्ट्रेलियामा प्रस्तुती दिने भएको छ । अष्ट्रेलियाका विभिन्न ८ शहरमा ‘मंगोलियन हर्ट’ आफ्नो सांगीतीक प्रस्तुती दिनेछ । नेपाली टच अष्ट्रेलियाको म्यानेजमेन्टमा कार्यक्रम हुने ‘मंगोलियन हर्ट’का म्यानेजर बबि लामाले जानकारी दिए ।
अष्ट्रेलियामा भएका दर्शक श्रोतालाई १० बर्षपछि फेरि भेट्न पाउँदा खुसी लागेको बबि लामाले बताए । ‘हामी आफ्नो पुराना तथा नयाँ गीतहरु दर्शक सामु प्रस्तुत गर्न एकदम अतुर छौँ ।’ बबिले भने ।
१९९२ सालमा स्थापना भएका लोक, स्लो रक, पप मेलोडी समुह सांगीतीक ‘मंगोलियन हर्ट’ मा राजु लामा भोकल, रिदम गिटारमा बबि लामा, ड्रममा सन्तोष थापा मगर, लिड गिटारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा बिनय महर्जन र मादलमा बाबु राजा महर्जन रहेका छन् ।
‘मंगोलियन हर्ट’ पहिलो सांगीतीक प्रस्तुती १० तारिकमा मेल्बोर्नमा दिनेछ । त्यस्तै १३ तारिकमा ब्रिस्बेन, १५ तारिकमा सिड्नी, १६ तारिकमा केन्बेरा, २३ तारिकमा डार्विन र पर्थ, २९ तारिकमा होबर्ट र ३० तारिकमा एडिलेडमा ‘मंगोलियन हर्ट’ गुन्जिने छ ।
‘मंगोलियन हर्ट’ को प्रस्तुतीको लागि उत्साहित रहेको नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पुनले जानकारी दिए ।
१० बर्षपछि अष्ट्रेलियामा सांगीतीक प्रस्तुतीका लागि उत्साहित रहेको ब्याण्डका भोकलिस्ट राजु लामाको भनाईछ । उनि भन्छन् ‘अष्टे«लियामा ‘ज्यो ज्यो’ आउँदैछ, सधैं झै माया गर्नु होला है हजुर ।”
टोली अप्रिल ७ तारिक अष्ट्रेलिया उड्ने छ । भने पूर्वनिर्धारित आठवटा कार्यक्रम सकेर मे पहिलो साता नेपाल फर्कने छ ।
For More videos Log on to Mazzako TV