गैह्र आवासीय नेपाली संघ पोर्तुगलले पोर्तुगलमा नेपालीहरुले भोगिरहेका समस्यहरुको उचित समाधान गर्न फ्रान्सको पेरिस स्थित नेपाली राजदुताबासमा ज्ञापन पत्र बुझाएका छन । विशेष गरी पोर्तुगल नेपाली राजदुताबास विहिन भएका कारणले त्यहाँका नेपालीहरुले भोगिराखेका राहदानी सम्बन्धी जटिल समस्याहरुको समाधानका लागि शुक्रबार एनआरएनए पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वमा गएको टोलीले राजदुत दीपक अधिकारीलाई ज्ञापन पत्र बुझएका हुन ।

“नेपाली राजदुताबास फ्रान्सको कार्यक्षेत्रभित्र पर्ने पोर्तुगलमा ई–पासपोर्ट लागु भएको सुचना प्रकाशित गरेको झण्डै ९ महिना हुन लाग्दा समेत एक पटक पनि राजदुताबासको टोली निरिक्षण वा अनुगमन गर्न समेत नआएको प्रति हामी अत्यन्तै दुखित भएका छौ” संघका अध्यक्ष सोमफुरी शेर्पा र सचिव मिलन रेग्मीद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती भनिएको छ ।

“भिषा सकिएका वा रेसिडेन्स कार्ड नबनेका नेपालीहरु गैरकानुनी रुपमा फ्रान्स आउन दुई देशको सिमान पार गरेर आउन अत्यन्तै जोखिमपुर्ण रहेको छ । रेसिडेन्स कार्ड हुनेहरुको हकमा पोर्तुगल जस्तो कम आम्दानी भएको देशमा नेपालीहरुलाई एउटा पासपोर्ट बनाउन समय र धेरै पैसा खर्च गरेर आउनुपर्ने बाध्यता रहेको” उक्त विज्ञप्तीमार्फत राजदुत अधिकारीलाई जानकारी गराएका छन । गत २३ जनवरी २०२३ का दिन गैह्र आवासीय नेपाली संघ पोर्तुगलले त्यहाँका नेपालीहरुको समस्याका बारे गुनासाहरु राख्न र समाधानका उपायहरुको सुझाव संकलन गर्न लिस्बनमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा आएका गुनासाहरु र सुझावहरुलाई नै लिएर टोली पेरिसको नेपाली राजदुताबासमा पुगेकाे अध्यक्ष सोमफुरी शेर्पाले बताए । ज्ञापन पत्र बुझ्दै राजदुत दीपक अधिकारीले पोर्तुगलमा नेपालीहरुले भोग्नुपरेका समस्य आफैमा गम्भीर प्रकृतिको भएकाले त्यसको समाधानका लागि राजदुताबासले गम्भीर रुपमा सोच्ने बताए ।

अहिले इ–पासपोर्टको व्यवस्था लागु भएपछि सम्बन्धित व्यक्त स्वंम उपस्थित हुनैपर्ने भएकाले कागजी समस्याका कारण पोर्तुगलबाट पेरिस दुताबाससम्म आउन समस्या हुनेहरुका लागि दुताबासको टोली पोर्तुगल नै गएर सेवा दिने प्रतिवद्धता व्यक्त राजदुत अधिकारीले व्यक्त गरेका छन ।

जसका लागि एक टोली परराष्ट्र मन्त्रालयबाट एक महिनाका लागि आउने निर्णय भएको जानकारी गराउदै कहिले उक्त टोली पोर्तुगल आउने भन्ने बारे राजदुताबासले सुचना जारी गर्ने बताए । साथै हामीसँग सम्बन्धित बिषयहरु राजदुताबाससँग कुनै परामर्श र जानकारी बेगर केही दिन अगाडी पोर्तुगलकै एक समूहले सामाजिक संजालमा अनावश्यक रुपले प्रचार गरेकोप्रति पनि राजदुत अधिकारीले आपत्ति जनाएका छन ।

गैह्र आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा गएको उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष बिनु बस्नेत, गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिष्य समन्वय परिषदका केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाली समाज पोर्तुगलका अध्यक्ष कुमार योञ्जन, प्रवासी नेपाली मञ्च पोर्तुगलका उपाध्यक्ष धनीराम पौडेल र शेर्पा किदुग पोर्तुगलका सदस्य कुङगा शेर्पाको सहभागिता रहेको थियो ।

For More videos Log on to Mazzako TV