‘लप्पन छप्पन २’ को प्रदर्शन मिति फेरि सर्यो
फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति फेरि सारिएको छ । यसपटक भने निर्माणपक्षले कोरोनाको दोश्रो लहरलाई कारण देखाएको छ । यसअघि यो फिल्मको प्रदर्शन मिति फागुण २७ लाई तोकिएको थियो । यो मितिमा फिल्मको काम नसकिएको भन्दै चैत्र २७ मा प्रदर्शन मिति सारिएको थियो ।

फिल्मको प्रदर्शन मिति बारम्बार सरेपछि निर्माणपक्षलाई समस्या परेको छ । फिल्मको ट्रेलर पनि सार्वजनिक भैसकेको छ । यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
मल्टिस्टारर यो फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । फिल्म लप्पन छप्पन २ ले फिल्म क्षेत्रलाई नै चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, विश्वमै कोरोनाको दोश्रो लहर सुरु भएपछि यसको असर फेरि नेपाली फिल्ममा देखिन थालेको छ ।








