‘डाँडाको वरपीपल’ निर्माण हुने
फिल्म ‘डाँडाको वरपीपल’ निर्माण हुने भएको छ । यो फिल्मको आज शुभसाइत गरिएको छ । फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्ने भएका छन् । फिल्मको छायांकन ७५ दिन लगाएर गर्ने तयारीमा यसको निर्माणपक्षको छ । यो फिल्ममा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्लको साथमा कलाकारहरु सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गराचको मुख्य भूमिका रहनेछ । पारिवारिक कथावस्तुमा फिल्मको निर्माण हुनेछ ।

फिल्मका लागि ३ जना अभिनेत्री र एक जना अभिनेता केही दिनमै फाइनल गरिने निर्देशक बस्नेतले जानकारी दिए । बुढासुब्बा ओरिजिनलको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य, नवराज गिरीको गीत रहनेछ ।

फिल्मलाई काठमाडौं, कालाबाङ, शे–फोक्सुण्डो ताल र पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।








