हरिहरको शो, निता ढुंगानाको निर्देशन

हरिहर अधिकारी र निता ढुंगाना । यो जोडीको चर्चा छ शहरमा । पेशाले ज्योतिषी हरिहर नायिकालाई प्रेमीका बनाएर निकै मख्ख छन् । सुन्नमा आएअनुसार यो जोडीको चाडै बिहे पनि हुदैछ रे । अब त्यो कहिले र कहाँ भन्ने बारेमा चाही अहिलेलाई जानकारी छैन, यसबारे अपडेट आएपछि हामी तपाईहरु समक्ष राख्ने नै छौँ । डेढ बर्षदेखि प्रेममा चुर्लुम्म डुबिरहेका निता र हरिहर आजकाल प्राय सँगै देखिन्छन् ।

यतिबेला निताको निर्देशनमा हरिहरले एक टिभी शो बनाईरहेका छन्, जसमा उनले कलाकारहरुलाई बोलाएर उनीहरुको ग्रहदशाको बारेमा बिभिन्न कुराहरु गर्नेछन् । सोको नाम राखिएको छ, ‘द हरिहर अधिकारी सो’ र यो कार्यक्रमको यतिबेला धमाधम सुटिङ्ग भईरहेको छ । नायिका रेखा थापा, गायिका कोमल वली, क्याप्टेन बिजय लामा लगायतसँगको भागहरुको सुटिङ्ग भईसकेको छ ।
शोलाई निताले निकै राम्रो बनाउने प्रयास गरिरहेकी छिन् । पर्दा अगाडी प्रेमी अनि पर्दा पछाडी प्रेमिका, अब काम कस्तो निस्कने हो, त्यो भने प्रसारणमा आएपछि थाहा भई नै हाल्नेछ । तर कार्यक्रमको लागि निकै मेहनत र सेट अनि अन्य प्रोपर्टिजहरुमा पनि कन्जुस्याई भने गरिएको छैन । यो शोलाई मज्जाको टिभीको तर्फबाट मज्जाको शुभकामना । अनि मज्जाको शुभकामना हरिहर र निताको प्रेमलाई पनि ।

निता भोजपुरी चलचित्रको छायांकनको बेला भारतको आग्रा पुगेको बेला उनलाई भेटन् नपाएर छटपटिएर हरिहर पनि आग्रा नै पुगेका थिए । यता, निता पनि हरिहरसँगको प्रेमपछि निकै धार्मिक भईरहेको छिन् । उनको हाउभाउ, बोल्नै शैली देखि लवाईखवाईमा पनि निकै परिवर्तन भएको देख्न सकिन्छ आजकाल, यो सबै हरिहरकै कारणले गर्दा भएको हो । उनी आजकाल बिभिन्न मठमन्दिर पुगेर पुजा आजा गर्छिन, सामाजिक सञ्जालहरुमा पनि त्यो देखिन्छ नै ।

केही अघि निताले भजन पनि रेकर्ड गराईन भने अब चाडै उनी आफ्नै निर्देशनमा ‘श्रीमद्भावगत गीता’ नामको बेवसिरिज निर्माण समेत गर्न लागेकी छिन् । लभ जोडी ज्योतिष हरिहर अधिकारी र निता ढुंगानालाई नयाँ शो ‘द हरिहर अधिकारी शो’ का लागि फेरि एकपटक शुभकामना ।








