चलचित्र ‘प्रेमगञ्ज’ मा छानिए ‘टिकटक स्टारहरु’
‘टिकटक’ बाट रातारात भाईरल भएका ‘टिकटक’ कलाकारहरु धमाधम सिनेमामा पनि इन्ट्री भइरहेका छन् । यसैबीच चलचित्र ‘प्रेमगञ्ज’ले पनि टिकटकका स्टारहरुलाई सिनेमामा लिएको छ । केही अघि सिनेमाको लागि कलाकारहरुको अडिसन गरिएको थियो, जसबाट छानिएका छन् टिकटकमा राम्रो नाम बनाएका, राईडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बाल कलाकार आयुषी ढकाल । यि कलाकारहरुलाई सिनेमा प्रेमगञ्जको मुख्य पात्रको रुपमा देख्न पाईनेछ ।

चलचित्र ‘प्रेमगञ्ज’ लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । यो सिनेमाका नबकलाकारहरुलाई लिएर निर्माण टिम एक्साईटेड देखिएको छ । राईडर प्रसान्तको नामले चिनिने प्रसान्तका टिकटकमा ६ लाख बढी फलोहरहरु छन् । उनका भिडियोहरुलाई मानिसहरुले निकै रुचाएको देखिन्छ, बिशेषत उनको डान्सलाई निकै तारिफ मिल्ने गरेको छ । त्यस्तै गरेर सिनेमामा आबद्घ भएकी इटहरीकी सुप्रिया खनाल पनि टिकटकबाट हिट भएकी हुन् । म्युजिक भिडियोमा पनि उनी बिजी नै छिन् आजकाल ।

सिमरन खड्का र बाल कलाकार आयुषीको अभिनयले पनि दर्शकलाई सिनेमा प्रति आर्कषण बढाउने निर्माण टिमले अपेक्षा राखेको छ । चलचत्रि चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको लागि कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा कलाकारहरुको अडिसन गरिएको थियो । अडिसनबाट आएका कलाकारहरुले सिनेमामा कस्तो अभिनय गर्नेछन्, त्यो भने सिनेमा बनेर आएपछि थाहा हुने नै छ ।

यो सिनेमामा दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरिने भनेर बताईएको छ । बिगत २५ बर्षदेखि नेपाली सिने नगरीमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलले यो चलचित्र बनाँउदैछन् । सिनेमाका निर्देशक परिच्छेद सेनले पनि यसअघि धेरै सर्ट फिल्महरुको अनुभव बटुलिईसकेका छन् । यो सिनेमामा चाही उनको कस्तो काम देखिने हो, त्यो हेर्न बाँकी छ ।
सिनेमा ‘प्रेमगञ्ज’लाई पुर्ण त लभ स्टोरी जनरामा निर्माण गर्न लागिएको छ । यो सिनेमाको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । सिनेमाको छायांकन चैत्रको २५ गतेबाट गर्ने योजना निर्माण टिमले गरेको छ । सिनेमा प्रेमगञ्जलाई काभ्रे, जिरी र काठमाण्डौंमा सुटिङ्ग गरिने भनेर जानकारी गराईएको छ । मज्जाको टिभीको तर्फबाट यो सिनेमा प्रेमगञ्जलाई मज्जाको शुभकामना । तपाई चाही यो सिनेमालाई लिएर के भन्न चाहनुहुन्छ ? प्रतिक्रिया गर्नसक्नुहुने छ ।









